संविधानअनुसार कदम चाल्छु : प्रदेश प्रमुख शेरचन
भैरहवा–लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आफूले संविधान र कानूनअनुसार कदम चाल्ने बताएका छन् । शंकर पोखरेल नेतृत्वको वर्तमान प्रदेश सरकार अल्पमतमा परिसकेको भन्दै धारा १६८ (२) अनुसार बहुमतको सरकार गठन गर्न विपक्षीहरुले बुझाएको समावेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले संविधानविद् र सरोकारवालाहरुसँग छलफल गरेर छिट्टै संवैधानिक कदम चाल्ने बताएका हुन् ।
प्रदेशसभाका ८० सदस्य मध्ये ४१ जना सांसदहरुको हस्ताक्षरसहित सरकार गठनको प्रक्रिया शुरु गर्न माग गर्दै सोमबार विपक्षीले प्रदेश प्रमुख कार्यालय पुगेका थिए । प्रदेश प्रमुख शेरचनले विपक्षीले दिएको निवेदनका सम्बन्धमा कानुनी परामर्श लिने जनाए ।
‘यस विषयमा मैले प्रदेश सरकारको समेत राय लिन्छु’, उनले भने, ‘दलहरुसँग छलफल पनि गर्छु र संविधानअनुसार अघि बढ्छु ।’ उनले चाँडो भन्दा चाँडो निष्कर्षसहित जानकारी गराउनले बताए ।
प्रतिकृया दिनुहोस्