October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका अधिकांस भू–भागमा सामान्य बदली रही  प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भैरहेको छ ।

Advertisement

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १, वाग्मती  र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Advertisement

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।