बौद्ध ल्याण्डको अध्यक्ष सुनार


भैरहवा– रोट्रयाक क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डको वर्ष २०२१/२०२२ को अध्यक्ष दीक्षा सुनार चयन भएकी छन् । नयाँ कार्यसमितिको पदस्थापन समेत भएको छ । वर्ष २०२०/२०२१ का अध्यक्ष अस्मित लाम्गादेले नयाँ निर्वाचित अध्यक्ष सुनारलाई पद हस्तान्तरण गरेका हुन् ।
पद हस्तान्तरण गर्दै लाम्गादेले आगामी कार्याकल थप सफल हुने र समाजसेवामा बढी क्रियाशील हुनेमा आफू विश्वस्त रहेको बताए । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा स्पोन्सर गरिएको यो क्लब निस्वार्थ भावनाले समाजसेवा, व्यक्तित्व तथा आत्मनिर्भरता विकास गर्ने उद्देश्यले खोलिएको नवनिर्वाचित अध्यक्ष सुनारले बताइन् ।
पढाई र गायन क्षेत्रमा अब्बल कहलिएकी नवनिर्वाचित अध्यक्ष सुनार कक्षा ११ देखि स्नातकोत्तरसम्म पूर्ण छात्रावृत्तिमा पढ्दै आइरहेकी छन् । उनी गायनमा नेपाल आइडलको टप २० मा पर्न सफल भएकी थिइन् । अध्यक्ष सुनारले आफ्नो कार्यकालका लागि जिम्मेवारी बाँडफाँड पनि गरेकी छन् ।
अध्यक्ष सुनारका अनुसार उपाध्यक्षमा दीपेन्द्र चौधरी, सचिवमा विकास तिवारी, सह–सचिवमा रामकृष्ण बराल, कोषाध्यक्षमा सुनील सुनार चयन भएका छन् । सर्जन्ट एट आर्मसमा साहिद खाँन, सम्पादक/प्रकाशन अफिसरमा मनोज कुर्मी, समुदाय सर्भिस चेअरमा निकिता सुनार, प्रोफेसनल सर्भिस चेअरमा धिरेन्द्र यादव, अन्तर्राष्ट्रिय सर्भिस चेअरमा सागर लाम्गादे चयन भएका छन् ।
यस्तै, इन्ट्रयाक्ट कोर्निनेटरमा एलिशा रामदम, क्लब सर्भिस चेअरमा अनिस पुन, अतिरिक्त क्रियाकलाप चेअरपर्सनमा महिमा गोतामे, खेलकुद चेअरपर्सनमा रोहित खड्का, प्रेसिडेन्ट एडभाइजरमा दिनेश पौडेल, क्लब एडभाइजरमा हिराबहादुर शाह र बोर्ड एडभाइजरमा विमल सेन्चुरी चयन भएका छन् ।
क्लबको सदस्यहरुमा रोशन शाह, राहुन यादव, रितु पाण्डे, विकाश भण्डारी, आकाश गुप्ता, अस्फाक खाँन, विशाल शानी, र महबुब आलम छन् । ‘शिक्षा सबैका लागि’ भन्ने मूल नारा लिई आफ्नो कार्यकालभर काम गर्ने अध्यक्ष सुनारले बताइन् ।
क्लबको दोस्रो वार्षिकोत्सव तथा पदस्थापन कार्यक्रममा रोटरी डिस्ट्रिक ३२९२ नेपाल–भुटानका डिस्ट्रिक गभर्नर नोमिनी राजेन्द्र ध्वजूको प्रमुख आतिथ्यता थियो भने रोटरी डिस्ट्रिक ३२९२ जोन २५ का एसिस्टेन गभर्नर कृष्ण पाण्डे र रोटरी डिस्ट्रिक ३२९२ नेपाल–भुटानका डीआरआर इलेक्ट लक्ष्मण खरेलको विशिष्ट आतिथ्यता थियो । यस्तै, डीआरआर इन्भोई प्रकाश शर्मा, जेडआरआर बाबुरा खनाललगायतको आतिथ्यता थियो । कार्यक्रममा रोटरी अगुवाहरु प्रियाबन्धु न्यौपाने, राम अर्याल, दीपक वमअल, अनिलकुमार गुप्ता, उपेन्द्र यादव, विक्रम गुप्ता, भविश्वर पौडेल, कृष्ण अधिकारी, भविश्वर शर्मालगायत जोन १८ का विभिन्न क्लबका अध्यक्ष, उपाध्यक्ष तथा पदाधिकारी र सदस्यहरुको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस्