July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

थप २५६८ कोरोना संक्रमण, १८ जनाको मृत्यु

नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ४०२ पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार २३४ एन्टिजेन परीक्षण गर्दा ५८७ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

यस्तै गत २४ घण्टामा देशभर १८ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ।

देशभर हालसम्म ३१ हजार २९८ जना सक्रिय संक्रमित छन्। आइतबार २ हजार २० जना संक्रमणमुक्त भएका छन्।