शहिद स्मारक ए डिभिजन लिग पछि धकेलियो


क्लबहरुको असन्तुष्टिपछि अखिल नेपाल फुटबल संघ-एन्फाले शहिद स्मारक ए डिभिजन लिग करिब दुई महिना सारेको छ। एन्फाले लिग कात्तिक २९ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो।
यसअघि असोज ३ गतेबाट प्रतियोगिता सुरु गर्ने निर्णय एन्फाले गरेको थियो। एन्फा र ए डिभिजन क्लबहरुबीच भएको बैठकपछि उक्त निर्णय लिइएको हो।
नेपालले असोजको तेस्रो सातादेखि साफ च्याम्पियनसिपसमेत आयोजना गर्न सक्ने भएकाले ए डिभिजन लिग सार्नु परेको एन्फाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ। प्रतियोगिताको विजेताले ७५ लाख रुपैयाँ पाउने छ। यसअघि गत संस्करणमा ५० लाख रुपैयाँ प्रदान गरिएको थियो।
दोस्रोले ५० लाख र तेस्रोले २५ लाख रुपैयाँ पाउने छन्। तयारीबापत सबै १४ क्लबले २/२ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ। तालिकाका अन्तिम दुई टोली बी डिभिजनमा घटुवा हुने छन्।
प्रतिकृया दिनुहोस्