January 25, 2025, Saturday
२०८१ माघ १३

लायन्सको सेवा गाउँ–गाउँ केन्द्रित गर्न जोड

भैरहवा– लायन्स अगुवाहरुले सेवालाई गाउँ–बस्तीमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले अबका दिनमा ग्रामीण क्षेत्रहरुमा क्लब स्थापना गरी त्यहाँको सेवामा लाग्नुपर्ने बताए ।

लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीद्वारा खोलिएका नयाँ तीन वटा क्लबहरुको उद्घाटन समारोहमा बोल्ने लायन्स अगुवाले यस्तो कुरामा जोड दिएका हुन् । लायन्स क्लब अफ ३२५ बी २ का गर्भनर रामप्रसाद भट्टले लायन्स क्लबहरुको सेवा ग्रामीण क्षेत्र केन्द्रित गराउनुपर्ने बताए । ‘लायन्सको सामाजिक सेवा अबका दिनमा गाउँगाउँमा हुनुपर्छ, सेवाका हातहरु टोलटोल, घरघरमा पुग्नुपर्छ । स्थानीय सरकार र व्यवसायिक पार्टनरहरुसँगको साझेदारी कार्यक्रम पनि गाउँमै हुनेछ’, उनले भने ।

Advertisement

उनले ‘लायन्स आयो, लायन्सका साथीहरु आउनुभयो’ भन्नेगरि गाउँगाउँमा सन्देश प्रवाह गर्नेगरी काम गर्न निर्देशन दिए । ‘लायन्सका सदस्य भनेको सामाजिक सेवक हुन्’, उनले भने । पूर्व गर्भनर महेन्द्रनारयण श्रेष्ठले पछिल्लो समय युवापुस्ता विभिन्न लायन्स क्लबमा आबद्ध भई सामाजिक सेवामा सक्रिय भएको भन्दै खुसी व्यक्त गरे । ‘विगतमा भन्दा आजकल युवापुस्ता लायन्स क्लबहरुमा आबद्ध भई सामाजिक सेवामा समर्पित भइरहनुभएको छ । यो सुखद् पक्ष हो’, उनले भने ।

कार्यक्रममा लायन्सका सेकेन्ड भाइस डिस्ट्रिक गर्भनर नबराज न्यौपानेले सामाजिक मनोभावले लायन्सको यात्रामा जोडिएका सबै सदस्यहरुको एकताले नै सामाजिक रुपान्तरण र सामाजिक सेवामा उल्लेखनीय योगदान प्रदान हुने बताए । लायन्स जिल्ला प्रमुख सल्लाहकार उमंग देवकोटाले लायानीज्मको अभियान मार्फत सामाजिक सेवामा जोडिएका सबै सदस्यहरुप्रति कृतज्ञता व्यक्त गर्दै मानवीय सेवा नै सबैभन्दा ठूलो धर्म भएको जनाए ।

जिल्लाका एक्जुकेटिभ प्रमुख श्याम बस्याल, लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीका अध्यक्ष गोबिन्दप्रसाद गिरी, कार्यक्रम संयोजक कमल रायमाझी, लायन्स क्लब अफ प्रोफेसनको अध्यक्ष रिचा क्षेत्री लगायतले बोल्दै. मन, बचन र कर्म मार्फत समाजको समग्र विकासमा संस्थागत रुपले सेवा भावले सहयोग गर्न लायन्स क्लबहरुको योगदान अतुलनीय रहने बताए ।

गर्भनरलाई सम्मान
लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले लायन्स ३२५ बि २ का गर्भनर रामप्रसाद भट्टलाई सम्मान गरेको छ । क्लबका अध्यक्ष गोबिन्दप्रसाद गिरीसहितको पदाधिकारी टिमले सम्मान पत्र, दोसल्ला लगायतले सम्मान गरेको हो । लायन्स मार्फत सामाजिक तथा मानवीय सेवामा लागि परेका भट्ट लायन्स अन्तर्राष्ट्रिय जगतमै अलग पहिचान बनाउन सफल भएका छन् ।

अध्यक्ष गिरीले नेपालकै नाम उचो राख्नेगरी विश्वमै क्लबहरु स्थापनामा दोस्रो हुनुभएका गर्भनर भट्टकै कारण नेपालीहरुको सेवाका हात यतिबेला विश्वभर फैलिन सम्भब भएको बताए । लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीलाइ स्पोन्सर गर्ने क्लब लायन्स क्लब अफ सिद्धार्थनगरका कार्यबाहक अध्यक्ष चन्द्रबहादुर थापा र सचिव धर्म आचर्य, लायन्स क्लब अफ प्रोफेसनलका संस्थापक अध्यक्ष अमृत थापा र वर्तमान अध्यक्ष रिचा क्षेत्री, लायन्स क्लब अफ लोटसका संस्थापक अध्यक्ष अनिता थापा र वर्तमान अध्यक्ष मन्जु खरेल, लायन्स क्लब टुलिप अध्यक्ष माया सारु, लायन्स क्लब अफ भैरहवा लेडिज डायानामिक टिचरका अध्यक्ष बिना भन्डारी पाठक, कोषाध्यक्ष तिर्था अर्यालसहितले गर्भनरलाई सम्मान गरेका थिए ।

नयाँ क्लब स्थापना
लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीको स्पोनसरसीपमा ३ वटा क्लब खुलेका छन् । नयाँ क्लबको रुपमा स्थापित लायन्स क्लब अफ ओमसतियाको बारेमा परिचय गराउँदै भैरहवा ग्रीनसिटीको कोषाध्यक्ष बिना पौडेलले २० जना सदस्य रहेको उक्त क्लबको अध्यक्ष मोहित यादव रहेको बताइन् ।

क्लब अन्तर्राष्ट्रिय लायन्समा १४७००९ नम्बरमा सूचिकृत भएको छ । मोहित यादवको अध्यक्षतामा गठित उक्त क्लबमा २० जना सदस्य छन् । ओमसतिया क्लबको एक्सटेन्सन चेयरपर्सनमा महेशचन्द्र थापा र विजय पान्डे छन् भने गाइडिङ लायन्समा गोबिन्द प्रसाद गिरी र कमल रायमाझी छन् । उक्त क्लबमा ओमसतिया गाउँपालिकामा स्थायी बसोबास गर्नेहरु आबद्ध छन् ।

यसैगरी चन्द्रकेश गुप्ताको अध्यक्षतामा स्थापित लायन्स क्लब अफ लुम्बिनी ग्रीनसिटीको परिचय क्लब सर्भिस चेयरपर्सन रुकमणी कारन्जितले गराएका थिए । लुुम्बिनी, गैडहवा क्षेत्रमा रहेका २० जना समाजसेवीहरुको आबद्धता रहेको उक्त क्लबको एक्सटेन्सन चेयरपर्सनमा महेशचन्द्र थापा र विजय पान्डे छन् । गाइडिङ लायन्समा गोबिन्दप्रसाद गिरी र कमल रायमाझी छन् । उक्त क्लब अन्तर्राष्ट्रिय लायन्समा १४७००९० नम्बरमा दर्ता भएको छ ।

यसैगरी भैरहवा ग्रीनसिटीले नै छिमेकी जिल्ला कपिलवस्तुमा पनि नयाँ क्लब स्थापना गरेको छ । कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवादेखि लुम्बिनीसम्मको क्षेत्रमा कुनै पनि लायन्स क्लब नभएको हुँदा गर्भनरको अभियान गाउँगाउँमा लायन्स भन्ने नारालाई आत्मसाथ गदै ग्रामीण क्षेत्रमा क्लबहरु खोल्ने अभियान भैरहवा ग्रीनसिटीले थालेको क्लबका सचिव थानेश्वर पान्डेले बताए ।

नवस्थापित लायन्स क्लब अफ लुम्बिनी मायादेवी ग्रीनसिटीमा दीपक पासीको नेतृत्वमा ५१ जना संस्थापक सदस्य छन् । उक्त क्लबको भैरहवा ग्रीनसिटीको मार्केटिङ चेयरपर्सन लक्ष्मी थापाले परिचय गराए । उक्त क्लब अन्तर्राष्ट्रिय लायन्समा १४७७८० नम्बरमा दर्ता भएको छ । गर्भनर सम्मान तथा नया क्लबको ब्यानर अनाबरण गर्न आयोजित उक्त कार्यक्रममा स्वागत नृत्य शोभा गुरुङको तथा संगीता जिसीको ध्वजा अभिवादन रहेको थियो ।

यसैबीच लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले हरेक बर्ष दुईजना पत्रकारलाई लायन्स पत्रकारिता फेलोसिप प्रदान गर्ने तयारी गरेको छ । लुम्बिनी प्रेस क्लबको सहकार्यमा दुईजना पत्रकारलाइ फेलोसिप दिने तयारी क्लबले गरेको हो ।