October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

मुख्यमन्त्रीले गरे प्रदेश प्रमुखको स्वागत

बुटवल– पदभार ग्रहण गर्दा सरकारले बहिस्कार गरेको भन्दै चौतर्फी आलोचना भएपछि लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनलाई मुख्यमन्त्री शंकर पोखरेलले स्वागत गरेका छन्।

शनिबार प्रदेश प्रमुख कार्यालय पुगेर पोखरेलले स्वागत गरेका हुन् । शुक्रबार पदभार ग्रहण गर्दा सरकारकातर्फबाट कोही सहभागी भएनन् । आज स्वागत गर्दै पोखरेलले सरकारका काम र प्रगतिबारे प्रदेश प्रमुखलाई जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।