‘मदन पुरस्कार–२०७७’ को सूचीमा ९ पुस्तक छनोट


‘मदन पुरस्कार–२०७७’ का लागि ९ ओटा पुस्तकहरू छनोट भएका छन् । मदन पुरस्कार गुठीले शुक्रबार एक प्रेस विज्ञप्तिमार्फत आफूलाई प्राप्त २२२ पुस्तकबाट ९ पुस्तकलाई श्रेष्ठ सूचीमा राखेको जनाएको हो ।
प्राप्त कुल पुस्तकहरूबाट बढीमा १० पुस्तकको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम सिफारिस गरेको हो ।
गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनोटको आधार बनाइएको थियो । अब छनोमा परेका यी ९ पुस्तकहरूमध्ये एउटा पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७ ७को मदन पुरस्कार प्रदान गरिनेछ ।
श्रेष्ठ सूचीमा पर्न सफल ९ पुस्तकहरू :
एकलव्यको देब्रे हात – गीरी श्रीस मगर
करिया – कृष्ण अविरल
कल्पग्रन्थ – कुमार नगरकोटी
नृत्याक्षर विज्ञान – भैरवबहादुर थापा
फिलिङ्गे – प्रभा बराल
फुलाङ्गे – लेखनाथ क्षेत्री
मोक्षभूमि – केशव दाहाल
रमिते – जेसन कुँवर
लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९–२०२०) – भगिराज इङ्नाम
प्रतिकृया दिनुहोस्