April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

पोख्रेलको संयोजकत्वमा मानव अधिकार अनुगमन समिति गठन

बुटवल– नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको नेतृत्वमा मानव अधिकार अनुगमन समिति गठन भएको छ । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयमा बुटवलका कार्यालय प्रमुख सम्झना शर्माको अध्यक्षतामा बसेको कोभिड–१९ महामारीको सन्दर्भमा मानवअधिकार संरक्षण कार्यविधि, २०७८ बमोजिम रुपन्देही जिल्लास्तरीय मानवअधिकार अवस्थाअनुगमन समिति गठन गर्ने उद्देश्यले बसेको उक्त बैठकले सो समिति गठन गरेको हो ।

Advertisement

बैठकमा नेपाल बार एसोशिएसन, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्थामहासंघ, नेपाल चिकित्सक संघ, औषधि व्यवसायी संघ, इन्सेक, नेपाल मानवअधिकार संगठन, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान, महिला, बालबालिका, दलित, आदीवासी जनजाती महासंघ यौनिकतथा लैङ्गिक अल्पसंख्यक लगायतका विभिन्न संघ संगठनका प्रतिनिधिहरुको उपस्थितिमा थियो ।

Advertisement

कार्यविधि अनुसार उक्त समितिको सदस्य सचिवमा राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका मानवअधिकार अधिकृत दीपक ठाकुर छन् भने सो समितिमा बार एशोसिएसनका अध्यक्ष लोकनाथ पन्त, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान रुपन्देहीका जितेन्द्रप्रसाद्र बन्जाडे, नेपाल औषधि व्यवसायीसंघ, रुपन्देहीका सुरज भट्टराई, गैर सरकारी संस्थामहासंघ रुपन्देही–इन्सेकका प्रतिनिधि रीमा वि.सी, स्वतन्त्रविकास समाज नेपालका सावित्रा घिमिरे साहसीकदम नेपाल–यौनिकतथा लैङ्गिकअल्प संख्यकका आनिक राना छन् ।

समितिमा अप्रवासीमहिला सरोकार केन्द्र, रुपन्देहीका जानकी घिमिरे, थर्ड एलाइन्स, रुपन्देहीका अग्नीशक्ति यादव, आदिवासी जनजाति पत्रकार महासंघ रुपन्देहीका सोनु थापा, नेपाल मानव अधिकार संगठन रुपन्देहीका पवनकुमार पौडेल परिवर्तन नेपालका रिता सेन ओली मानवअधिकारका लागि एकल महिला–महिला समूह राधिका श्रेष्ठ, महुरी होम, रुपन्देही रामविकास चौधरी, अपाङ्ग महासंघ, रुपन्देही हुमनाथ अधिकारी, माइति नेपाल माया क्षेत्री, मानव अधिकार शान्ति समाज रुपन्देहीका डी.बी खनाल, नमुना एकीकृत विकास परिषदका ज्ञानु पौडेल, दलित महिला संघ रुपन्देहीका मनु खड्का, एडभोकेसी फोरम, रुपन्देहीका इन्दिरा आचार्य गरी समितिमा २१ सदस्यीय समिति छन् ।