October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु

गुल्मी – जिप दुर्घटना हुँदा गुल्मीमा तीनजनाको मृत्यु भएको छ। लु १ ज ४५ ६५ नम्बरको जिप मुसिकोट नगरपालिका–४, दोभान भन्ने ठाउँमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सातजना घाइते भएका छन् ।

शान्तिपुरबाट सदरमुका तम्घासतर्फ आउँदै गर्दा जिप बिहान साढे ११ बजेतिर दुर्घटना भएको हो । तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए ।

मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का ४५ वर्षीय तेजेन्द्र खत्री, वडा नम्बर ५ हरेवाका ४४ वर्षीय रेशम कार्की र रेसुंगा नगरपालिका–, बाख्रेछेडाकी ६२ वर्षीया सुनिता विक छन् । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। केहीलाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।