लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ प्रदेश प्रमुख नियुक्त


राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
यसअघि राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई पदमुक्त गरेकी थिइन्।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख पौडेल र यादवलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रतिकृया दिनुहोस्