September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

देशभर मौसम सामान्यदेखि पूर्ण बदली

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

Advertisement

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  विभागका अनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Advertisement

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा आज दिउँसो पानी पर्ने छ । “काठमाडौं उपत्यकामा आज दिउँसो पानी पर्ने सम्भावना रहेको छ । मध्यम वर्षा हुने मौसमी प्रणालीमा देखिएको छ,” मौसमविद् गंगा नगरकोटीले भनिन् । 

भारी वर्षाको सम्भावना रहेका पहाडी  भू– भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाअउन विभागले आग्रह गरेको छ । 

मंगलबार र बुधबार तुलान्तमक रुपमा मनसुन केही सक्रिय हुने छ । “हिजो र आजको तुलनामा मंगलबार र बुधबार मनसुन अलि बढी सक्रिय हुने छ,” मौसमविद् नगरकोटी भन्छिन्, “त्यति धेरै भारी वर्षा त हुने होइन तर हिजो र आजको तुलनामा केही धेरै भारी वर्षा हुने छ ।”