October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

जरायोको सिङसहित दाङमा तीनजना पक्राउ

दाङ – जरायोको सिङ (ओखेटोपहार) सहित तीन जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ।

तुलसीपुर उपमहानगरपालिका–८, गहतेखोलामा गत राति १ बजे जरायोको सिङ बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई पक्राउ गरेको दाङ प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

पक्राउ पर्नेमा बबई गाउँपालिका–१ गंगटे निवासी २२ वर्षीय जीवन घर्ती, सोही गाउँपालिका–४ हापुरे निवासी ३९ वर्षीय इन्द्रबहादुर केसी र सल्यान शारदा नगरपालिका–४ साइलाकम्दा निवासी २२ वर्षीय विनोद ओली छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।