ग्रिन सिटीको आयोजनामा अभिमुखीकरण


भैरहवा – लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीको आयोजनामा भैरहवामा एक दिने लायन अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । क्लबका सदस्य तथा संस्थामा आस्था राख्नेहरुलाई थप कुशल, अनुशासित र समाजिक सेवामा क्रियाशील गर्न अभिमुखीकरणले सहयोग पुगेको विश्वास गरिएको छ ।
ओमसतिया गाँउपालिकास्थित बसन्तपुरमा लायन्स क्लब अफ ओमसतिया र लायन्स भैरहवा ग्रिन सिटीका सदस्यहरुलाई संयुक्त रुपमा अभिमुखीकरण तालिम दिइएको दिइएको हो । ग्रिन सिटी वर्ष २०२१/२२ का अध्यक्ष गोविन्दप्रसाद गिरीले यस्ता अभिमुखीकरणले क्लब सदस्यहरुलाई समाजिक क्षेत्रमा काम गर्ने प्रेरणा मिल्ने जानकारी दिए । उनले काम, कर्तव्य, अधिकार र सामाजिक उत्तरदायित्वलाई मनन् गर्दै अघि बढेमा संस्थासँगै व्यक्ति सफल हुने बताए ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका द्वितीय भाइस डिस्ट्रिक गभर्नर पिएमजेअफ लायन नवराज न्यौपानेले ग्रिनसिटीको प्रशंसा गर्दै स्थापना कालको छोटो समयमै लायन्स ओमसतियालाई जन्माउनु उत्कृष्ट कार्य भएको जनाए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक चिफ एडभाईजर एमजेअफ उमंग देवकोटाले लायन्स क्लब, लायन्सका विभिन्न पदाधिकारीको भूमिका तथा कर्तव्यका बारेमा जानकारी गराएका थिए ।
डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक एक्जुकेटिभ चिफ महेशचन्द थापाले लायन्सको काम कर्तव्य र अनुशासन सम्बन्धी तालिम दिएका थिए । एल.सी.आइ.अफ. संयोजक ई. किरण खरेलले कोष सम्बन्धी तालिम दिए ।
डिष्ट्रिक डेपुटी सेक्रेटरी विजय पाण्डेले बैठक संचालन सम्बन्धी तालिम दिए । ग्रिन सिटीका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले संस्था स्थापनाको बारेमा प्रकाश पारेका थिए । लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२१/२२ का कार्यवाहक अध्यक्ष चन्द्रबहादुर थापाले लायन्स क्लबले सामाजिक सेवामा हात अगाडि बढाएको बताए ।
कमल रायमाझीको संयोजकत्व तथा रोशन शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपकी अध्यक्ष माया सारु मगर, लायन्स ग्रिन सिटी तथा लायन्स ओमसतियाका सदस्यहरुको सहभागिता थियो ।
प्रतिकृया दिनुहोस्