March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

तिलोत्तमामा लोक संग्राहलय भवन निर्माण सुरु

बुटवल- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समिति र जिल्ला कार्यसमिति रुपन्देहीले संयुक्त रुपमा लुम्बिनी लोक संग्राहलय बनाउने भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको डिंगरनगरमा बनाउन लागिएको उक्त लोक संग्राहलय भवनको शिलान्यास गरिएको छ ।

Advertisement

तिलोत्तमा –४, डिंगरनगरस्थित तिलोत्तमानगरपालिकाले उपलब्ध गराएको जग्गामा शनिबार भवनको शिलान्यास गरिएको हो । प्रतिष्ठानका केन्द्रिय सचिव प्रचण्ड जि.सी, प्रदेश अध्यक्ष डिल्ली नारायण पाण्डे, रुपन्देही जिल्ला अध्यक्ष दीपक कार्की र तिलोत्तमा नगरपालिका वडा नं. ४ का अध्यक्ष दिवाकर ढकालले संयुक्त रुपमा इँट्टा र सिमेन्ट राखेर भवनको शिलान्यास गरेका हुन् ।

Advertisement

३० फिट बाई ४२ फिट क्षेत्रफलमा बन्न लागेको उक्त भवन शिलान्यास कार्यक्रममा बोल्दै जिसीले संंग्राहलय भवन निर्माणका लागि केन्द्रीय कार्यसमितिबाट १ लाख रुपैयाँ प्राप्त हुने जानकारी दिए । त्यसबाहेक थप सहयोगका लागि कार्यसमितिमा पहल गर्ने आश्वासन दिए । प्रदेश अध्यक्ष पाण्डेले नेपाली कलासंस्कृतिको जर्गेना, संरक्षण र संवद्र्धनमा उल्लेखनीय कार्य गर्ने उद्देश्यका साथ यस लोक संग्राहलय भवनको निर्माण गर्न लागिएको बताए ।

वडाध्यक्ष ढकालले प्रदेशकै प्रतिनिधित्व हुनेगरी तिलोत्तमा नगरपालिकामा लोक संग्राहलय स्थापना हुन लागेकोमा खुशीव्यक्त गर्दै यो रुपन्देहीवासीका लागि गौरवको कुरा भएको बताए । प्रतिष्ठान रुपन्देही अध्यक्ष कार्कीले नेपाली कलासंस्कृतिको संरक्षणको लागि लोक संग्रांहलयको आवश्यकता खट्कीरहेको अवस्थामा अव भने छिट्टै नै त्यो आवश्यकता पुरा हुने बताए ।

कार्यक्रममा लोक दोहोरी प्रतिष्ठानका केन्द्रिय सल्लाहाकार खेम हमाल, केन्द्रिय सदस्य दिपक गरौजमगर, पूर्व केन्द्रिय सदस्य नारायण लेकाली, स्थानीय समाजसेवी मित्र न्यौपाने, वेद प्रसाद गुरुङ, वडा सदस्य हरिमाया नेपाली र मानकाजी गुरुङ, टोल विकास समितिका अध्यक्ष होम प्रसाद खनाललगायतको उपस्थिति थियो ।