March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापिय रेखा तराई भू–भाग नजिक रहेको छ । जसका कारण देशका विभिन्न भागमा पानी परिरहेको छ । 

Advertisement

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती तथा गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी  भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने जनाएको विभागले यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।