July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

ओली सरकारका राम्रा कामको निरन्तरता र कमीकमजोरी सुधार्दै जान्छौँः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामको निरन्तरता र कमिकमजोरीहरु सुधार गर्दै जाने बताएका छन्।

Advertisement

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

Advertisement

उनले साढे तीन वर्ष सरकारको नेतृत्व गरेका ओलीलाई असल कामका लागि धन्यवादसमेत दिए।

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले सरकार प्रतिनिधि सभाप्रति उत्तरदायी बन्नुपर्ने बताए।

जनताको लामो बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउनु सबै राजनीतिक दलको कर्तव्य भएको र यसका लागि सबैको सहकार्य आवश्यक भएको उनको भनाइ थियो।

साथै उनले आफ्नो सरकारको मुख्य प्राथमिकता नेपाली नागरिकलाई कोरोना भाइरसबाट जोगाउनु रहेको बताए। जनताको जीवन जोगाउन सरकारले सबै उपाय अवलम्बन गर्ने प्रधानमन्त्री देउवाले बताए।