बजेट अध्यादेशसहित संसदमा पेश भए १५ अध्यादेश


सरकारले प्रतिनिधि सभाको बैठकमा बजेट अध्यादेश पेश गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबारको बैठकमा ‘आर्थिक अध्यादेश, २०७८’, ‘विनियोजन अध्यादेश, २०७८’ र ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ पेश गरेका हुन्।
यो सहित आजको बैठकमा सरकारका तर्फबाट १५ वटा अध्यादेश पेश गरिएको छ।
‘रेल्वे अध्यादेश, २०७८’, ‘शपथ सम्बन्धी अध्यादेश, २०७८’, ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८’, ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्यव) (पहिलो संशोधन) अध्यादेश, २०७८’ प्रतिनिधिसभाको बैठकमा पेश गरिएको छ।
यस्तै ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’, ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७’, ‘यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ आजको प्रतिनिधि सभा बैठकमा पेश गरिएको छ।
प्रतिकृया दिनुहोस्