March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

पेस्तोलसहित एक पक्राउ

भैरहवा– पेस्तोलसहित कपिलवस्तु प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका–११, जहदी चोकस्थित तौलिहवा जितपुर सडक खण्डमा चेकजाँचका क्रममा पेस्तोल, म्याग्जिन र गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११, जहदी बस्ने ३६ वर्षीय मन्नु भन्ने मातेश्वरप्रसाद यादव छन् । उनको साथबाट मेडइन युएसए ७.६५ लेखिएको पेस्तोल, पे स्तोलमा लोड गरिएको नो ७११ लेखिएको एक थान म्याजिन, ७.६५ एमडी लेदिएको ४ राउण्ड गोली र भारतीय नम्बर प्लेटको युपी ५५ डब्लु ८३२४ को २२० सीसीको मोटरसाइकल बरामद गरिएको प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जनाए ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यादव मिति २०७७ फागुनमा कपिलवस्तु प्रहरी कार्यालयबाट चोरी र हातहियार खरखजना मुद्दामा पक्राउ परेका थिए । पछि उनी अदालतबाट धरौटीमा छुटेका थिए ।

Advertisement