April 22, 2025, Tuesday
२०८२ बैशाख ९

एमाले सांसद रावलले दिए पदबाट राजीनामा

भैरहवा– नेकपा एमालेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामा संसद् सचिवालयसमक्ष बुझाएका हुन् ।

नेकपा एमालेमा देखिएको विवादका कारण उनले राजीनामा दिएको बताएका छन् ।

Advertisement

‘राजनीतिक नेतृत्वबाट देश र जनतालाई अनिश्चियतर्फ धकेलियो’, उनले भनेका छन्, ‘राजनीतिक वृत्तको नेतृत्वमा देखिएको चरम सत्ता लिप्सा देख्दा नेपालीको मन रुन्छ । पार्टी एकताका लागि अधिकतम प्रयत्न पनि गरेँ । अनियन्त्रित राजनीतिक स्वेच्छाचारी व्यवहार र षडयन्त्रका कारण पनि राजीनामा दिएको हुँ ।’

एमाले सांसद रावलको राजीनामा रोक्ने नेताहरुको प्रयास पनि असफल भएको छ । माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष रावलले आफ्नो समूहका सांसदहरुको बैठकमा सांसद पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

तर पार्टीमा एकताका लागि क्रियाशील नेताहरुले राजीनामा नदिन आग्रह गरेका थिए । रावलले संसद भवन पुगेर पत्रकारअगाडि राजीनामा पत्र वाचन गर्न खोज्दा पनि सुरेन्द्र पाण्डे लगायतका नेताहरुले रोक्ने प्रयास गरेका थिए । तर रावल सहमत भएनन् ।