October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

पल्पामा पहिरोले पुरिएका पुनको उपचारका क्रममा मृत्यु

पाल्पा– पहिरोमा पुरिएर पाल्पाको डुम्रेमा एक जनाको मृत्यु भएको छ । पहिरोमा परि एक जना घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बर्दिया बाँसगडी नगरपालिका–४ घर भई डुम्रेमा बस्दै आएका २७ वर्षीय महेन्द्र भन्ने मुमलाल पुन छन् । तिनाउ गाउँपालिका–६ स्थित भित्री कच्ची सडकमा माथिबाट पहिरो खस्दा उनी पुरिएका हुन् ।

डुम्रेबाट होलादीघाटतर्फ ढुंगा लोडगरी जाँदै गरेको लु ४ त ६६२९ नम्बरको ट्याक्टर हिलोमा फँसेको थियो । मृतक पुन सोही ट्याक्टरमा सहयोगीको रुपमा काम गर्थे । ट्याक्टर लु १ क २४९६ र लु १ क २४९७ नम्बरको जेसिबीले निकाल्ने क्रममा माथिबाट पहिरो खस्दा ट्याक्टरका सहयोगी पुन र जेसिबीका चालक पाल्पा रैनादेबी छहरा गाउँपालिका १ का सरोज बुढा पुरिएका थिए ।

दुबै जनालाई उद्धार गरि लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचारका लागि लगिएको थियो । उपचारको क्रममा पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका जनाएको छ । घाइते जेसीबी चालक बुढाको भने उपचार जारी छ ।