November 28, 2023, Tuesday
१२ मंसिर २०८०, मंगलवार

गुल्मीमा जिप–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

गुल्मी– जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा गुल्मीमा एक जनाको मृत्युु भएको छ भने ४ जना घाइते भएका छन् ।

Advertisement

बिहीबार धुर्कोट गाउँपालिकादेखि सदरमुकाम तम्घासतर्फ जाँदै गरेको भे १ च १९४३ नम्बरको डबल क्याप बोलेरो जिप र तम्घासबाट अर्खलेतर्फ जाँदै गरेको लु ५५ प ७०८२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

Advertisement

चालक सहित ४ जना सवार जीप र मोटरसाइकल तम्घास सिमलटारि सडक खण्ड अनतर्गत रेसुङ्गा नगरपालिका ४ अर्खलेमा एक आपसमा ठोकिँँदा मोटरसाइकलमा सवार पाल्पा अर्गली घर भएका रेसुङ्गा २ उदिनढुङगामा किराना पसल गरि बस्ने २७ वर्षीया सुजन पाण्डेको मृत्यु भएको हो।

दुर्घटनामा टाउकोमा चोट लागेका पाण्डेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४ जना घाइतेको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । उनीहरु अवस्था सामान्य रहेको गुल्मी प्रहरीले जनाएको छ ।