February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

गुल्मी दरबार गाउँपालिका अध्यक्षको निधन

भैरहवा– लामो समयदेखि ब्लड क्यान्सर पीडित गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधन भएको छ।

बिहीबार (आज) बिहान काठमाडौँमा उपचारका क्रममा ७४ वर्षीय थापाको निधन भएको गाउँपालिकाले जनाएको छ ।

Advertisement

रोगले अवस्था जटिल बन्दै गएपछि अध्यक्ष थापालाई १० दिनअघि काठमाडौं लगेर अस्पताल भर्ना गरिएको थियो।

थापाको उपचारको क्रममा निधन भएको गाउँपालिकाका उपाध्यक्ष मीना भण्डारीले बताएकी छिन्। थापाका चार छोरा छन्।