March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ – रेडपाण्डाको छाला ओसारपसार तथा बिक्रीवितरण गरिरहेका दुई जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका–८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट दह ३ घर भई जुनीचाँदी गाउँपालिका–७ बस्ने ४८ वर्षीय डिलबहादुर रावत छन् ।

Advertisement

उनीहरूलाई घोराही उपमहानगरपालिका–१६ गुरुवामा प्रतिबन्धित (रेडपाण्डा) को छाला बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।

उनीहरूको साथबाट पुच्छरदेखि टाउकोसम्म २ फिट १० इन्च लम्बाई भएको नंग्र्रासहितको रेडपाण्डाजस्तो देखिने सुकेको छाला एक थान, काइनेटिक टल्कने ढुंगा सानो ठूलो गरी ३२ वटा र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।