October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

हिलपार्कमा रोटरीले सेड निर्माण गर्ने

बुटवल– रोटरी क्लव अफ बुटवलले बुटवलले बुटवलको हिलपार्कमा सेड निर्माण गर्ने भएको छ ।

क्लवका वर्ष २०२०–२१ का अध्यक्ष सुनिल श्रेष्ठको अगुवाईमा हिलपार्कमा सेड निर्माणका लागि शिलान्यास गरिएको हो । सेडको शिलान्यास गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का वर्ष २०२०–२१ का गभर्नर राजीव पोखरेलले पूर्वाधारको क्षेत्रमा पनि रोटरीले काम गरिरहेको बताए ।

हिलपार्क क्षेत्र पर्यटकीय दृष्टिले उपयुक्त रहेको र यहाँ वनभोज लगायत विभिन्न कार्यक्रम गर्नका लागि सेड आवश्यक पर्ने भएकाले रोटरीले यस्ता काममा अग्रसरता लिनु सह्रानीय रहेको उनको भनाइ छ ।

रोटरी क्लव अफ बुटवलका वर्ष २०२०–२१ का अध्यक्ष श्रेष्ठले शिलान्यास गरिएको सेडको निर्माण छिट्टै नै सम्पन्न गरिने विश्वास दिलाएका थिए ।