रोटरी क्लब अफ बुटवलको पदस्थापन
तिलोत्तमा– रोटरी क्लब अफ बुटवलको २९ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२०–०२१ का अध्यक्ष सुनिल श्रेष्ठले वर्ष २०२१–२२ का अध्यक्ष प्रा.डा.ताराप्रसाद उपाध्याललाई पद हस्तान्तरण गरेका छन् ।
पदस्थापन कार्यक्रमको उदघाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थय तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले सामाजिक क्षेत्रमा रोटरीले महत्वपूर्ण काम गर्दै आएको र यसले क्लवको सामाजिक छवि उचो भएको बताए ।
उनले स्वास्थ्य क्षेत्र विकासमा कहिल्यै प्राथमिकतामा नपरेको अवस्थामा रोटरीले स्वास्थ्यलाई मुख्य प्राथमिकता दिएर काम गरेको भन्दै उच्च प्रशंसा गरे । रोटरीको मूल्य मान्यतालाई राजनीतिक दलहरुले पनि आत्मसाथ गर्नु जरुरी रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।
उनले लुम्बिनी प्रदेश सरकार रोटरी जस्ता सामाजिक संस्थाहरुसँग हातेमाले गरेर अगाडि बढ्न तयार रहेको पनि बताए । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का वर्ष २०२०–२१ का गभर्नर राजिव पोखरेलले समुदायमा रोटरीको उपस्थिति र भूमिका अतुलनीय रहेको बताउँदै रोटरी क्लव अफ बुटवलको वर्तमान नेतृत्वलाई विगतका योजनाहरुलाई निरन्तरता दिंदै अघि बढ्न आग्रह गरे ।
मुलुक कोभिड १९ को महामारीबाट गुज्रिरहेको सन्दर्भमा सबै क्षेत्रमा यसको असर परेको उल्लेख गर्दै उनले तर यसैलाई आधार बनाएर सामाजिक दायित्वबाट नपन्छिन उनले रोटरीयनहरुलाई आग्रह गरे ।
कार्यक्रममा वर्ष २०२१–२२ का डिष्ट्रिक एसिष्टेन्ट गभर्नर राजेन्द्र कार्कीले अध्यक्ष डा. उपाध्यायलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए भने अध्यक्ष उपाध्यायले बोर्ड सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । त्यस्तै वर्ष २०२०–२१ का सचिव रोम शर्माले वर्ष २०२१–२२ का सचिवमा खिमनारायण पराजुलीलाई माइन्यूट हस्तान्तरण गरेका थिए ।
त्यसैगरी वर्ष २०२०–२१ का कोषाध्यक्ष खिमनारायण पराजुलीले वर्ष २०२१–२२ का कोषाध्यक्ष गोपाल बस्याललाई अडिट रिपोर्ट हस्तान्तरण गरेका थिए । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिजी नोमिनी राजेन्द्रप्रसाद ध्वजूले रोटरीले अगाडि सारेका प्रोजेक्ट समुदायको हितमा रहेको भन्दै समुदायसँगकै सहकार्यमा अगाडि बढे परियोजनारु सफल रुपमा कार्यान्वयन गर्न सकिने बताए । रोटरी क्लव अफ बुटवलका वर्ष २०२०–२१ का एसिष्टेन्ट गभर्नर खिमानन्द भुसालले सामाजिक क्षेत्रमा रोटरीले खेलेको भूमिका प्रभावकारी बनेको उल्लेख गर्दै अवको नेतृत्वले संस्थाको छविलाई अझ उचो बनाउने विश्वास व्यक्त गरे ।
रोटरी क्लव अफ बुटवल वर्ष २०२१–२२ का अध्यक्ष डा.उपाध्यायले स्थानीयको आवश्यकता पहिचान गरी अगाडि बढ्न आफू र आफ्नो टिम प्रयत्नशील रहने भन्दै चालु अवस्थामा रहेका प्रोजेक्टलाई निरन्तरता दिने, बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा ट्राफिक लाइट जडानको काम गरिने र शिक्षा, स्वास्थ्य रोजगार जस्ता क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने बताए ।
कार्यक्रममा क्लवका एजी राजेन्द्रप्रसाद लम्साल, पूर्व अध्यक्ष कृष्णप्रसाद अर्याल, युवा समाजसेवी तेजेन्द्र केसी र राजेन्द्र ढकाल लगायतले सबै रोटरीयनहरुले आफ्नो दायित्व र जिम्मेवारी बुझेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । त्यस अवसरमा क्लवद्वारा प्रकाशित डाइरेक्टरी विमोचन गरिएको थियो ।
प्रतिकृया दिनुहोस्