October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

कुलोमा डुब्दा बालकको मृत्यु

दाङ– कुलोमा डुबेर दाङमा एक बालकको मृत्यु भएको छ।

लमही नगरपालिका वडा नम्बर ३ बनगाउँ निवासी मनिष चौधरीका ५ वर्षीय छोरा आशिष चौधरीको घर नजिकै रहेको झरनैया कुलोमा डुबेर मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय लमहीले जनाएअनुसार सोमबार दिउँसो खेल्ने क्रममा आशिष कुलोमा खसेका थिए।

कुलोको पानीमा डुबेर अचेत बनेका उनलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका हुन् ।

शवको पोष्टमार्टम गरिने र आफन्तलाई जिम्मा लगाइने अस्पतालका प्रमुख डाक्टर रन्जिता महतोले बताइन् ।