March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन पक्राउ

बाँके– रेडपाण्डाको छाला र भालुको पित्तसहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका–४ का भक्तबहादुर पुन र केशव पुन तथा शान्तिनगर गाँउपालिका–१ का रोबिन बुढालाई छन् । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले नेपालगन्ज उपमहानगर–१ पुष्पलालचोकस्थित राप्ती गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरिएको जनाए ।

Advertisement

गोप्य सूचनाका आधारमा शनिबार राती राप्ती गेष्ट हाउसभित्र प्रहरीले छापा हानेको थियो । ‘संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्हरी कार्यालय बाँकेको संयुक्त टोलीले छापा मारेर १ थान रेडपाण्डको छाला र ४ वटा भालुको पित्त बरामद गरेको हो’, न्यौपानेले भने ।

पक्राउ गरिएको रेडपाण्डाको छाला र भालुको पित्त प्रतिबन्धित मानिन्छ । प्रहरीका अनुसार गेष्ट हाउसको कोठामा कपडाले बेरेर लुकाइराखेको अवस्थामा १ थान रेडपाण्डाको छाला र खाटको सिरानीमुनीबाट ४ वटा भालुको पित्त बरामद गरेको डीएसपी न्यौपानेले बताए ।

पक्राउ परेकाहरुलाई बन्यजन्तु संरक्षण ऐन बमोजिम कारवाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।