October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

थप २१६९ मा कोरोना, २२ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ५३० पीसीआर परीक्षणबाट १ हजार ३५३ जनामा र ३ हजार ८८७ एन्टिजेन परीक्षणबाट ८ सय १६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३६२ पुगेको छ।

यस्तै गत २४ घण्टामा १ हजार ४३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २६ हजार ४८९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।