August 3, 2021, Tuesday
१९ श्रावण २०७८, मंगलवार

‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट मदनकृष्ण सम्मानित

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन्। उनलाई १ लाख नगदसहित नेपाल सरकार सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको हो।

कलाकार मदनकृष्ण कोरोना भाइरस संक्रमण पछि लामो उपचार गराएर अहिले घरमा नै आराम गरिरहेका छन्। कोरोना भाइरस संक्रमणले उनेको स्वास्थ्यमा जटिलता ल्याएको थियो।