January 23, 2025, Thursday
२०८१ माघ १०

एसिया कप छनोटमा नेपालले लेबनान, इरान र ताजिकिस्तानसँग खेल्ने

नेपालले एएफसी यू-२३ एसिया कप छनोटमा लेबनान, इरान र ताजिकिस्तानसँग खेल्ने भएको छ।

एसियाली फुटबल महासंघ-एएफसीले शुक्रबार प्रतियोगिताको ड्र सार्वजनिक गरेको हो। ४२ वटा टिमलाई ११ समूहमा विभाजन गरिएको छ।

Advertisement

छनोट खेलहरु अक्टोबर २३ देखि ३१ सम्म हुने तय छ। छनोटबाट १५ वटा टोली फाइनल चरणमा पुग्नेछन्। उज्वेकिस्तान आयोजकका रुपमा यसअघि नै छनोट भइसकेको छ। छनोटका लागि एएफसीले वेस्ट रिजन र इस्ट रिजन भनि छुट्याएको छ। व‍ेस्ट रिजनमा ४ वटा टिमका पाँच वटा समूह र तीनवटा टिमको एउटा समूह छ।

यसैगरि इस्ट रिजनमा चार वटा टिमका ४ वटा समूह र तीन वटा टिमको एउटा समूह छ। ११ समूह विजेता र शीर्ष चार उपविजेता टोली छनोट हुनेछन्।