April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

अनाथ आश्रम र बालगृहमा सहयोग

बुटवल–पश्चिम नेपाल विकास ट्रष्ट र नयाँ जीवनको आधार देवदह शाखाले अनाथ आश्रम र बाल गृहमा खाद्यान्य तथा नगद वितरण गरेका छन् । दुवै सस्थाले संयुक्त आयोजनामा खाद्यान्य वितरण कार्यक्रम गरेका हुन् ।

Advertisement

ट्रष्टका कोषाध्याक्ष पदम घिमिरेका अनुसार लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रम, सिद्धार्थ बाल गृह, भैरहवा र अपाङ्ग आश्रम देविनगरमा दाल, चामल, तेल, चीउरा, भुजा, फुरन्दाना, आलू, सोयाबिन, लसून, नुन, जीरा, धनिया, चीनी, साबुन–सरफ, कोलगेट बुरूस, ब्लाङकेट, सिरक, ग्यास चुलो र नगद सहित अन्य खाद्य सामग्रीहरू हस्तान्तरण गरिएको छ ।

Advertisement

उक्त कार्यक्रम मा ट्रष्टकी अध्यक्ष गौरीमाया थापा, कोषाध्यक्ष पदम घिमिरे, सह–सचिव लक्ष्मी अधिकारी र नयाँ जीवनको आधार देवदह शाखा अध्यक्ष रेखा निरौला लगायतको उपस्थिती रहेको थियो ।

सदस्य ईन्द्रा कुमारी घर्तीको ४० हजारसहित ८५ हजार बराबरको खाद्यन्य र नगद सहयोग गरिएको घिमिरेले बताए । ट्रष्टकी अध्यक्ष गौरीमाया थापाले संस्थाले विगतदेखि नै यस किसिमको सहयोग गर्दै आएको बताउँदै सामाजिक क्षेत्रमा सक्रियता बढाउँदै लगिने बताइन् ।