October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

अटोमेटिक पेस्तोलसहित बाँकेमा एक पक्राउ

नेपालगंज– अटोमेटिक पेस्तोलसहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२१, पुरैनाका अजिज अहमद शेषको साथबाट अटोमेटिक अमेरिकन पेस्तोल बरामद भएको प्रहरीले बताएको छ ।

गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरेको बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१९, फुटाहाबाट शेषलाई सो पेस्तोलसहित पक्राउ गरेको हो ।

शेषले पेस्तोल कुन प्रयोजनका लागि राखेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए । अहिले शेष प्रहरी नियन्त्रणमा छन् ।