July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

जसपा विवाद : इजलास गठन, साउन ३ गते पेशी

निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद निरुपण गर्नका लागि इजलास गठन गरेको छ। बुधबार आयोगको बैठकले पाँचैजना आयुक्तहरु रहने गरी इजलाश गठन गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

Advertisement

अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकताका लागि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार निवेदन दिएपछि आयोगले मंगलबार अर्का अध्यक्ष महन्थ ठाकुर पक्षसँग राखेर सहमति गराउने प्रयास गरेको थियो।

Advertisement

सहमति नभएपछि आयोगले ऐन र नियमावलीले निर्धारण गरेको प्रक्रिया अनुसार नै एक पक्षलाई आधिकारिकता दिन लागेको हो।

इजलाश गठनसँगै साउन ३ गतेका लागि पेशीसमेत तोकिएको प्रवक्ता श्रेष्ठले बताए। उक्त दिन आफ्ना कानुन व्यवसायीसहित उपस्थित हुन भनेको हो।

यादव पक्षले केन्द्रीय कार्यकारिणी परिषद र संसदीय दलमा आफू पक्षको बहुमत रहेकाले आधिकारिकता दिनुपर्ने माग गरेको छ।