September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

रुपन्देहीमा लागूऔषधसहित तीन पक्राउ

भैरहवा- रुपन्देही प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा सैनामैना नगरपालिका–१०, बेमतेनीका १८ वर्षीय दिलबहादुर बुढाथोकी, कपिलवस्तु वाणगंगा नगरपालिका–९, भलवाडका २४ वर्षीय रमेशबहादुर आचार्य र वाणगंगा, जिनुवाका २५ वर्षीय रमेश मरासिनी छन् ।

Advertisement

उनीहरुको साथबाट ५ ग्राम ५ सय मिलीग्राम खैरौ हिरोइन बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजाललगायतको टोलीले बिहीबार रातिबजे सैनामैनास्थित बेमतेनीमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट लागूऔधष मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।