March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

दाङमा चोरीका मोटरसाइकलसहित आठ जना पक्राउ

दाङ– मोटरसाइल चोरीका संलग्न गिरोहलाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । १३ वटा चोरिका मोटरसाइकिल र एक जना भारतीय नागरिकसहित ८ जनाको चोरी गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालयबाट असइ युबराज गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले चोरीको मोटरसाइकिलसहित गिरोहलाई समात्न सफल भएको हो ।

Advertisement

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले घटनाको थप अनुसन्धान भइरहेको बताए । चोरीको मोटरसाइकिलको गिरोहमा ग्यारेजमा काम गर्ने पनि रहेको अनुसन्धानको क्रममा खुलेको छ । चोरीका मोटरसाइकिलमा गिरोहले ५० हजार लगानी गरेर १ लाखदेखि २ लाखसम्म बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले आफू काममा बिश्वास गर्ने भन्दै बोल्ने भन्दा पनि काम गरेर देखाउने बताए । मोटरसाइकल चोरी भएर नागरिक पीडित भएको गुनासो जिल्लामा आउनासाथ आफूले यो विषयमा गम्भिर भई अनुसन्धानमा जुट्न निर्देशन दिएपछि प्रहरीलाई यो सफलला मिलेको उनले जनाए ।

नागरिकमा प्रहरीप्रती अझै बिश्वासको बाताबरण सिर्जना गर्न यस्ता कामले सहयोगी भूमिका खेल्ने बताए ।