बालिका बलात्कार अभियोगमा दुई युवा पक्राउ
दाङ– बालिका बलात्कार आरोपमा तुलसीपुरमा दुई पक्राउ परेका छन् । होटलमा राखेर बालिका बलात्कार गरेको अभियोगमा रोल्पाका दुई युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिका–२ का २३ वर्षीय देवराज ओली र १९ वर्षीय पोखरराज ओली छन् ।
तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित ग्राण्ड भ्याली लज एण्ड रेष्टुरेण्टमा असार १५ गते राति १३ र १६ वर्षकी बालिकालाई ललाईफकाई प्रलोभनमा पारी उनीहरुले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घटनाको सूचनाका आधारमा होटेलमा गएको प्रहरीले दुई युवकलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत पेश गरेको थियो । अदालतबाट सात दिनको म्याद थप गराई अनुसन्धान थालेको इलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए ।
प्रतिकृया दिनुहोस्