April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

पत्रकार विश्वकर्मा र यादव नगदसहित सम्मानित

भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिकाले दुई जना पत्रकारलाई नगदसहित सम्मानित गरेको छ ।
नवौं गाउँ सभाको अवसरमा पालिकाले ‘रोहिणी पत्रकारिता पुरस्कार’को स्थापना गरी भैरहवाका दुई जना पत्रकारलाई सम्मनित गरेको हो ।

Advertisement

पुरस्कृत हुनेमा उज्यालो सन्देशका सम्पादक विवेक कुमार विश्वकर्मा र लुम्बिनीखबरका धकधई प्रमुख पशुपति यादव छन् । गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र उपाध्यक्ष शिवकान्ती हरिजनले जनही नगद १०/१० हजार रुपैयाँसहित प्रमाणपत्र र दोसल्लाले विश्वकर्मा र यादवलाई पुरस्कृत गरेका हुन् ।

Advertisement

गाउँपालिका भएका क्रियाकलापहरु आलोचनात्मक तरिकाले उजागर गरेको र गाउँपालिकाको हरेक गतिविधि सञ्चारमाध्यमबाट प्रचार–प्रसार गरेको बताउँदै उनीहरुलाई सम्मानित गरिएको हो । रोहिणीले आगामी वर्षहरुमा पनि कार्यविधि बनाई यो पुरस्कारलाई निरन्तरता दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

एक दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकारद्वय विश्वकर्मा र यादवले रोहिणीको स्थानीय गतिविधिलाई विशेष प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्दै आएका छन् । दुबै जना रोहिणीका स्थायी बासिन्दासमेत हुन् ।