March 22, 2025, Saturday
२०८१ चैत्र १०

खहरे खोलाले बगाउँदा दाङमा एक पुरुषको मृत्यु

दाङ- खहरे खोलाले बगाउँदा दाङमा एक पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार मृत्यु हुनेमा लमही नगरपालिका—३, फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरी छन्।

लगातार वर्षापछि फल्कापुरदेखि माथि खहरे खोला बढेर बगाउँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लमही अस्पतालमा बुधबार ५ बजेतिर मृत्यु भएको हो।

उनी खेतको कामबाट फर्किने क्रममा खोलाले बगाउँदा गम्भीर घाइते भएका थिए। शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ।