January 23, 2025, Thursday
२०८१ माघ १०

लुम्बिनीको प्रदेश सभा बैठक सूचना टाँसेर स्थगित

बुटवल– विपक्षी गठबन्धनका सांसदहरुले बैठक बहिस्कार गरेपछि लुम्बिनी प्रदेश सभाको आइतबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

यसअघि केही समय बैठक बसेको थियो । तर विपक्षी सांसदले बैठक बहिस्कार गरे । त्यसपछि दिउँसो ३ः१५ बजे सम्मका लागि बैठक स्थगित भएको थियो । बैठक राख्ने प्रयास गरे पनि विपक्षीले बैठकमा भाग नलिने अडान कायम राखेपछि सूचना टाँस गरी असार ९ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

Advertisement

प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले सूचना टाँस गरी बैठक सारिएको जानकारी दिए । लुम्बिनी प्रदेशका विपक्षी गठकन्धनले अध्यादेशबाट बजेट आउन सक्ने सम्भावनालाई देखेपछि प्रदेश सभामा बजेट प्रस्तुत गर्न दिएका थिए ।

बजेट प्रस्तुत गर्न दिइए पनि त्यसमाथिको छलफलमा भने अवरोध गरेका छन् । आज बैठक प्रारम्भ भएलगत्तै विशेष समय लिएर बोलेका नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले अल्पमतको सरकारले ल्याएको बजेटका विषयमा छलपलमा भाग नलिने बताएका थिए ।

उनले बहुमतसिद्ध गर्न मुख्यमन्त्री शंकर पोखरेललाई चूनौतिसमेत दिए । कनौडिया बोलेपछि विपक्षी बैठक छाडेर निस्किएका थिए ।

विपक्षीले गरे लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार