March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कपिलवस्तुमा गोठबाट अवैध हतियार र गोली बरामद

कपिलवस्तु– प्रहरीले बाख्राको गोठबाट अवैध हतियार र गोली बरामद गरेको छ । कृष्णनगर नगरपालिका–८, लोहरौलाका अस्लम मुसलमानको घरदेखि एक किलोमिटर उत्तर पूर्व पर्ने खेतमा फुसले छाएको गोठमा लुकाईछिपाई राखेको अवस्थामा १२ बोर बन्दुक २ थान बरामद गरिएको हो ।

त्यस्तै प्रहरीले सर्टगनमा लाग्ने लाईभ कार्टिज (जंगी राउण्ड) ५ थान र सर्टगनको पड्किएको खोका ११ थान बरामद गरेको छ । त्यस्तै बारुद जस्तो देखिने कालो धुलो पदार्थ तीन सय ग्राम, ५७ वटा छर्रा र तीन वटा जनावरलाई पासो लगाउने जाल बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय, गणेशपुर र बहादुरगंजबाट खटिई गएको टोलीले गोठको छानोको मुनी बोरा भित्र लुकाई राखेको अवस्थामा हातहतियार बरामद गरेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवराज अधिकारीले बताए । अस्लम भने फरार छन् । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement