November 28, 2023, Tuesday
१२ मंसिर २०८०, मंगलवार

अलपत्र परेकी भारतीय महिलाको उद्दार

बर्दिया– अलपत्र परेकी एक भारतीय महिलालाई नेपाल प्रहरीले बर्दियाको गुलरियाबाट उद्दार गरेको छ । केही दिनदेखि सडकमा अलपत्र परेकी ती महिलालाई उद्दार गरि भारतीय सशस्त्र सीमा प्रहरी बल एसएसबीलाई बुझाइएको छ ।

भारत उत्तर प्रदेश राज्य बहराइच जिल्ला नानपारा मडैया घर बताउने अन्दाजी २२–२३ वर्षकी शवनम अन्सारीलाई उद्दार गरिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जनाए ।

अन्सारीलाई भारतीय सीमा नाका मुर्तिहास्थित एसएसबी क्याम्पमा जिम्मा लगाएको प्रहरी उपरीक्षक कार्कीले बताए । शवनम मानसिक रुपमा निकै तनावमा थिइन् । ती महिला यहाँ कहिले र कसरी आइन यस वारे जानकारी नभएको उनले प्रहरी समक्ष बताएकी छिन् ।

Advertisement