विपक्षीले गरे लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार


बुटवल– लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनका प्रदेश सभा सदस्यहरुले प्रदेश सभाको बैठक बहिस्कार गरेका छन् । विपक्षी गठबन्धनका सांसदहरुले अल्पमतको सरकारले ल्याएको बजेट सम्बन्धी छलफलमा भाग नलिने भन्दै बहिस्कार गरेका हुन्न् ।
विपक्षीले बैठक बहिस्कार गरेपछि केही बेरका लागि बैठक स्थगित भएको छ । बजेटका विषयमा छलफल चलिरहेका बेला विपक्षीले बैठक बहिस्कार गरेका हुन् ।
प्रदेश सभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोलेका नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र प्रसाद कनौडियाले अल्ममतको सरकारले ल्याएको बजेटको स्वामित्व प्रदेश सभाले लिने कि नलिने भन्ने प्रश्न उठेको बताए । उनले भने, ‘पहिले सरकारले आफ्नो बैधानिकता प्रस्तुत गर्नुपर्छ ।’
उनले लगत्तै बैठक बहिस्कारको घोषणा गरेपछि सबै सांसदहरु बैठक कक्षबाट बहिरिएका थिए । बैठक अझै बस्न सकेको छैन ।
प्रतिकृया दिनुहोस्