June 1, 2023, Thursday
१८ जेष्ठ २०८०, बिहीबार

लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी वर्षा

भैरहवा- देशभर मनसुन सक्रिय हुँदा बदली तथा वर्षाको अवस्था जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा भारी वर्षा हुने जनाइएको छ । यस्तै प्रदेश २ को थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यसैबिच देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।