January 13, 2025, Monday
२०८१ माघ १

गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, स्वतः पदमुक्त

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेको छ। गुरुङले बिहीबार लिएको विश्वासको प्रस्तावमा बहुमत नपुगेपछि एमाले नेता गुरुङ नेतृत्वको सरकार ढलेको हो।

यससँगै उनी स्वतः पदमुक्त भएका छन् । सरकार टिकाउनका लागि ६० सदस्यीय प्रदेशसभामा ३१ मत आवश्यक पर्ने भए पनि उनले जम्मा २७ मत पाएका छन्।

Advertisement

विपक्षमा ३० मत परेको छ। प्रदेशसभा बैठकमा ५८ जना सांसद उपस्थित भए पनि जम्मा ५७ जनाले मतदान गरेका हुन्।

एक जना तटस्थ बसेका छन्। राजीव गुरुङ (दीपक मनाङे) मतदानमा अनुपस्थित भए। योसँगै अब मुख्यमन्त्री काम चलाउ भएका छन् ।