अनेरास्ववियु र युवा संघद्वारा भैरहवामा रक्तदान


भैरहवा– एमालेका दुई भातृ संगठनहरुले भैरहवामा रक्तदान कार्यक्तम गरेका छन् । सोमबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देही क्षेत्र नम्बर ३ र राष्ट्रिय युवा संघ नेपाल, सिद्धार्थनगरले संयुक्तरुपमा रक्तदान कार्यक्रम गरेका हुन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ परिसरमा आयोजित रक्तदानमा ४२ जनाले रक्तदान गरेका छन् । उक्त रक्तदानमा एमाले रुपन्देही जिल्ला सचिव विश्वराज बराल, क्षेत्र नम्बर ३ संयोजक हितराज पन्थी, सिद्धार्थनगर सचिव चक्र बहादुर थापा, ध्रुव अधिकारी लगायतले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा एमाले केन्द्रीय सदस्य लिला गिरीले महामारीका बेला अनेरास्ववियु र राष्ट्रिय युवा संघले रचनात्मक कार्य गरेको बताए । उनले रगत अभावमा कसैको पनि ज्यान जोखिममा नपरोस् भन्ने हेतुले गरिएको रक्तदानले धेरै नागरिकको ज्यान बच्ने बताए ।
युवा नेता वाई.पी. आचार्यले कोरोना महामारीको बेला रगतको हुनसक्ने भन्दै यस्तोबेला रगत अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । नेता चोपलाल आचार्यले महामारीम नागरिकसँग सधै पार्टीपंक्ति रहेको जनाए ।








प्रतिकृया दिनुहोस्