November 29, 2023, Wednesday
१३ मंसिर २०८०, बुधबार

यस्तो रहनेछ आज देशभरको मौसम

देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी र पूर्वी वायु तथा स्थानीय वायुको सामान्य प्रभावका कारण मौसम प्रभावित हुने भएको हो ।

Advertisement

अहिले केही पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।

Advertisement

आइतबार दिउँसो प्रदेश १, २ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकीका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।