आज देशभरको मौसम कहाँ कस्तो रहन्छ ?


पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावका कारण विशेष गरि पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको मौसमविद मिनकुमार अर्यालले जानकारी दिएका छन् ।
अहिले प्रदेश १ र कर्णाली प्रदेशमा सामान्य बदली रही बँकी प्रदेशहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ ।
आइतबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहने मौसमविद अर्यालले बताए ।
देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको उनले बताए ।
यस्तै पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
प्रतिकृया दिनुहोस्