March 22, 2025, Saturday
२०८१ चैत्र १०

देशभर आंशिकदेखि सामान्य बदली

देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावका कारण मौसम बदली हुने भएको हो ।

Advertisement

अहिले प्रदेश १ को पहाडी भू–भाग लगायत बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जनाइएको छ । प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।