October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

नेपालगञ्ज उपमहानगका प्रमुख राणाले गरे राष्ट्रिय सभाको उपनिर्वाचन बहिष्कार

बाँके– लुम्बिनी प्रदेशमा आज भइरहेको राष्ट्रिय सभाको उपनिर्वाचन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाले बहिष्कार गरेका छन् ।

Advertisement

उनले मतदान नगरेर उपनिर्वाचन बहिष्कार गरेका हुन् । राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान आफ्नो प्रथामिकतामा नपरेको भन्दै उनले यस्तो निर्णय गरिएको बताएका छन् ।

Advertisement

‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु’, उनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन् ।

स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राणा उपमहानगरको प्रमुखमा निर्वाचित भएका थिए । यसअघि राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई मतदान गर्ने जनाएका थिए ।